FAQs Complain Problems

सुचना :

सूचना तथा समाचार

  • ,

    मालिका गाउँ पालिका ६ दिच्याममा किबि खेतिको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ हेवान जातको १,०००र एलिसन जातको ५००गरि जम्मा १५०० बिरुवा करिब १०० रोपनी जग्गामा ६५ घर धुरीलाई हस्तान्तरण गरियो । प्रति घर १० देखि २३० सम्म बितरण भएको छ 

  • यस कार्यालयको मिति 2076।08।03 गतेको रिखार दैनिक तथा E-bidding मार्फत IFB No: MRM/FP/MGD/TB-02/2076/77 स्टिल पार्टस् फेब्रिकेशनको लागि आव्हान गरिएको बोलपत्र सम्बन्धी सूचना अनुसार छनोट गरी बोलपत्र स्वीकृत गर्ने आशयको  सूचना प्रकाशित मिति 2076।09।24 मा गरिएको तर बोलपत्र स्वीकृत गर्दाको बखत केही बोलपत्रदाताहरुले पेश गरेको कागजातहरु प्राविधिक कारणले छुट हुन गएकोले उपरोक्त मितिमा प्रकाशित गरिएको आशय सूचनालाई रद्द गरी पुनः  Responsive and Technical Evaluation बाट सारभूत रुपमा प्रभावग्राही हुन आएको बोलपत्रलाई स्वीकृत गर्ने गरी आशयको दोस्रो सूचना प्रकाशित गर्ने  जानकारी गराउँदछौ छ । 

  • यस कार्यालयको मिति 2076।08।03 गतेको रिखार दैनिक तथा E-bidding मार्फत IFB No: MRM/FP/MGD/TB-02/2076/77 स्टिल पार्टस् फेब्रिकेशनको लागि आव्हान गरिएको बोलपत्र सम्बन्धी सूचना अनुसार बोलपत्रदाताहरुले दाखिला गरेको बोलपत्रहरुको Responsive and Technical Evaluation बाट सारभूतरुपमा प्रभावग्राही देखिन आएकोले स्वीकृतिको लागि सिफारिस भई आएकोमा सार्वजनिक ऐन 2063 को दफा 27(2) र 47 (3) प्रयोजनार्थ बोलपत्र पेश गर्ने समबद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

  • यस मालिका गाउँपालिका गाउँ कार्यपालिकाबाट मिति 2076।08।24 गते सूचना प्रविधि अधिकृत पद 1 पदपूर्तीका लागि सूचना प्रकाशन गरिएकोमा मिति 2076।09।20 गते लिईएको लिखित, प्रयोगात्मक परीक्षा र अन्तरवार्ताबाट छनौट हुन सफल उम्मेदवारको नियुक्तीका लागि सिफारिस गर्ने गरि मिति 2076।09।21 गतेको निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका सूचित गरिन्छ ।

  • यस कार्यालयको मिति 2076।0८।24 गतेको सूचना प्रविधि अधिकृत पद संख्या १ का लागि प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका उम्मेदवारहरु प्रारम्भिक छनौट सूचीमा परेको व्यहोरा अनुरोध छ । साथै लिखित परीक्षा यही मिति 2076।09।20 गते दिनको 10.00 बजे र अन्तरवार्ता सोही दिनको दिउँसो 1.00 बजे हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    तपशिलः

    १. श्री राजन तिम्सिना

    २. श्री राजन तिम्सिना

    ३. श्री सुरेश सिंह साउँद

     

  • यस कार्यालयको मिति २०७६।०८।२४ गतेको अ.न.मी. पद २ का लागि प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका उम्मेदवारहरु प्रारम्भिक छनौट सूचीमा परेको व्यहोरा अनुरोध छ । साथै लिखित परीक्षा यही मिति २०७६।०९।०६ गते दिनको १०.०० बजे र अन्तरवार्ता सोही दिनको दिउँसो १.०० बजे हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    तपशिल

     

    क्र.सं.

    छनौट हुन सफल उम्मेदवारहरुको नामावली

    पद

    ठेगाना

    कैफियत

    1

    श्री सिमा पुन

     

    अ.न.मी.

    मालिका २ रुम

     

    2

    श्री शिला के.सी.

     

    अ.न.मी.

    बे.न.पा. 5

     

    3

    श्री पुष्पा सुवेदी

     

    अ.न.मी.

    मालिका ६

     

    4

    श्री कुमारी घर्ती 

     

    अ.न.मी.

    मालिका ५, देविस्थान

     

  • यस मालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय , दरवाङ, म्याग्दीलाई कार्यालय प्रयोजनको लागि तपशिल बमोजिमको मापदण्ड भएको घर भाडामा लिनुपर्ने भएको हुँदा मापदण्ड पुगेको घर भाडामा उपलब्ध गराउन चाहनुहुने महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफ्नो जग्गाधनी प्रमाणपूर्जा सहित यस कार्यालयमा कार्यालय समयमा उपस्थित भई निवेदन दर्ता गर्नुहुनका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

    तपशिलः

    1. भवन मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजार क्षेत्रभित्र हुनुपर्नेछ ।
    2. भवन मोटरबाटोले छोएको क्षेत्रभित्र हुनुपर्नेछ ।
    3. भवन भएको स्थानमा गाडी तथा मोटरसाइकल पार्किङ स्थल भएको भवनलाई प्राथमिकता दिईनेछ।
    4. भाडामा दिन चाहेको भवनमा पानी तथा बिजुलीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
    5. भाडामा दिन चाहेको भवनमा न्यूनतम १५ कोठा भएको हुनुपर्नेछ ।
    6. शौचालय भवन भित्रै रहेको हुनुपर्नेछ । एक भन्दा बढी तले भवन भए प्रत्येक तलामा शैचालय हुनुपर्नेछ ।
    7. घरभाडा  Rent Committee को निर्णयानुसार गरिनेछ ।
    8. घरभाडा मासिक/चौमासिक/वार्षिक रुपमा घरधनीलाई उपलब्ध गराइनेछ । साथै कुल भाडा रकमको १०  ले हुन आउने रकम (घर बहाल कर) घरधनी आफैले भुक्तानी गर्नुपर्नेछ
    9. अन्य कुराहरु सम्झौतामा उल्लेख भए अनुसार हुनेछ ।
  • सूचना प्रविधी अधिकृत तथा अ.न.मी. पदका लागि दरखास्त आव्हान सूचना

  •  विषयः अन्तिम नतिजा प्रकाशन गरिएको ।

     

    प्रस्तुत विषयमा यस मालिका गाउँपालिकामा आवश्यक सब-ईन्जिनियर संख्या - २ को लागि मिति 2076।07।21 गतेका दिन प्रकाशित सूचना अनुसार दरखास्त पेश भएका उम्मेदवारहरुको 2076।08।09 गतेका दिनमा लिखित परिक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरि उम्मेदवारहरुले प्राप्त गरेको अंकलाई निम्नानुसारको योग्यता क्रम कायम हुन आएकोले नियुक्तिका लागि सिफारिस गर्ने गरि मिति 2076।08।09 गते निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

     

    सब-ईन्जिनियर पदका लागि सिफारिस उम्मेदवारहरुको नामावली

    क्र.स.

    नाम/थर

    दर्ता नं.

    ठेगाना

    कैफियत

    1

    श्री अमर सिंह आर.सी.

    11

    आठविस्कोट - ५, रुकुम

     

    2

    श्री प्रदिप चौधरी

    3

    वाणगंगा-४, कपिलवस्तु

     

           

      

Pages