FAQs Complain Problems

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार ।

Read More

मालिका धुरी मन्दिर ।

Read More

सार्वजनिक सुनुवाई कार्यक्रम

Read More

रुम गाँउ

Read More

मालिका गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश  अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ ।

यस गाउँपालिका पूर्व रघुगंगा र मंगला गाउँपालिका, पश्चिममा वाग्लुङ जिल्ला, दक्षिण मंगला गाउँपालिका र वाग्लुङ जिल्ला र उत्तर धौलागिरी गाउँपालिका, अक्षांश २८ डिग्री २५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र देशान्तर ८३ डिग्री २५ मिनेट पूर्वि देशान्तर देखि ८३ डिग्री ४१ डिग्री पूर्वि देशान्तर सम्म फैलियको छ।  यस मालिका गाँउपालिका, ७ वडा मिली बनेको छ, जस्मा  तपसिल बमोजिमका वडा, जनसंख्या र क्षेत्रफल छ र गाँउकार्यापालिकाको कार्यालय म्याग्दी जिल्लाको दोस्रो ठुलो बजार दरवाङ्गमा स्थित छ। जस्मा वडा नं.१ निस्कोट, वडा नं. २ रुम, वडा नं. ३ डाँडागाँउ, वडा नं. ४ ओखरबोट, वडा नं.५ देविस्थान, वडा नं. ६ दरवाङ्ग र वडा नं. विम गरी कुल जनसंख्या १९१२१ र क्षेत्रफल 147.17 वर्ग कि.मी मा फैलिएको छ। त्यस्तै वडा नम्वर २ र ३ रुममा अवस्थित दुरु लेक , यिनै वडामा फैलिएको सुसज्जित वराह ताल, दरवाङमा अवस्थित नेपालमै ख्यातिप्राप्त भालेवास्ने ताल , ओखरवोटमा रहेको तामा खानी, रुममा रहेको ढुंगाखानी, विमको वाइन्नाफाट साथै सुन्तलाको पकेट क्षेत्र, विभिन्न वडाका विभिन्न तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुको संगमस्थल हो मालिका गाउँपालिका ।

सुन्दर पहाड, दुर–दुर इलाकामा देखिने सुन्दर हिमालहरु, पहाडी बस्तीमा गरिने आलु, धान, मकै, फापर, जौ, कोदो खेती र सुन्तला खेती त्यसमा देखिने सुन्दरता तथा शान्त, सफा र निर्मल वातावरणमा रमाउनेहरुका लागि उपहार जस्तै लाग्ने वातावरण मालिका गाउँपालिकाको आफ्नै विशेष पहिचान हो । सरल र सुन्दर हृदयले भरिएका गाउँपालिकावासी, नेपाली पाराको कला संस्कृति विविध भेषभुषा र धेरैजसो हिन्दु सम्प्र्रदायले भरिएको यो गाउँपालिका मानव मुल्यको दृष्टीकोणबाट पनि अत्यन्तै सुन्दर रहेको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन नम्बर :
९८५७६४०३५५
उपाध्यक्ष
फोन नम्बर :
९८५७६३३३३१

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
फोन नम्बर:
९८५७६२७७५५
योजना अधिकृत/ सूचना अधिकारी
फोन नम्बर:
९८५७६४०६५५

प्रवक्ता

अनुप गौचन

 प्रवक्ता / कार्यपालिका सदस्य
फोन नम्बर:- ९८४६७२९०५५

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धीत व्यक्तिको निवेदन

नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय 
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित व्यक्तिको निवेदन

नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा  
सेवा दिने कार्यालयः- मा. गा. पा को कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि

 महिला तथा बालबालिका कार्यालयबाट प्राप्त निलो परिपत्रको प्रतिलिपि

 हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प

 नगरपालिकाबाट प्राप्त फारम भरि पेश गर्ने

Pages

जानकारी