FAQs Complain Problems

मालिका गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका प्रदेश नम्वर ४ अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । यस गाउँपालिका पूर्व रघुगंगा र मंगला गाउँपालिका, पश्चिममा वाग्लुङ जिल्ला, दक्षिण मंगला गाउँपालिका र वाग्लुङ जिल्ला र उत्तर धौलागिरी गाउापालिका, अक्षांश २८ डिग्री २५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र देशान्तर ८३ डिग्री २५ मिनेट पूर्वि देशान्तर देखि ८३ डिग्री ४१ डिग्री पूर्वि देशान्तर सम्म फैलियको छ। 

यस मालिका गाँउपालिका, ७ वडा मिली बनेको छ, जस्मा  तपसिल बमोजिमका वडा, जनसंख्या र क्षेत्रफल छ र गाँउकार्यापालिकाको कार्यालय म्याग्दी जिल्लाको दोस्रो ठुलो बजार दरवाङ्गमा स्थित छ। जस्मा वडा नं.१ निस्कोट, वडा नं. २ रुम, वडा नं. ३ डाँडागाँउ, वडा नं. ४ ओखरबोट, वडा नं.५ देविस्थान, वडा नं. ६ दरवाङ्ग र वडा नं.७ विम गरी कुल जनसंख्या १८३३२ र क्षेत्रफल १४७.१७ वर्ग कि.मी मा फैलिएको छ। त्यस्तै वडा नम्वर २ र ३ रुममा अवस्थित दुरु लेक , यिनै वडामा फैलिएको सुसज्जित वराह ताल, दरवाङमा अवस्थित नेपालमै ख्यातिप्राप्त भालेवास्ने ताल , ओखरवोटमा रहेको तामा खानी, रुममा रहेको ढुंगाखानी, विमको वाइन्नाफाट साथै सुन्तलाको पकेट क्षेत्र, विभिन्न वडाका विभिन्न तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुको संगमस्थल हो मालिका गाउँपालिका ।

सुन्दर पहाड, दुर–दुर इलाकामा देखिने सुन्दर हिमालहरु, पहाडी बस्तीमा गरिने आलु, धान, मकै, फापर, जौ, कोदो खेती र सुन्तला खेती त्यसमा देखिने सुन्दरता तथा शान्त, सफा र निर्मल वातावरणमा रमाउनेहरुका लागि उपहार जस्तै लाग्ने वातावरण मालिका गाउँपालिकाको आफ्नै विशेष पहिचान हो । सरल र सुन्दर हृदयले भरिएका गाउँपालिकावासी, नेपाली पाराको कला संस्कृति विविध भेषभुषा र धेरैजसो हिन्दु सम्प्र्रदायले भरिएको यो गाउँपालिका मानव मुल्यको दृष्टीकोणबाट पनि अत्यन्तै सुन्दर रहेको छ ।

| read more | थप पढनुहोस

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.