FAQs Complain Problems

सुचना :

बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा मोटरेवल पुलको उद्घाटन !!!

म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा असफल भएपछि पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरि आयोजनालाई अघि बढाईएको थियो । तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको पुल गतवर्ष प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । कूल २० मिटर लामो र ६ मिटर फराकिलो रहेको सो पक्की पुल निर्माणमा रु २ करोड ६ लाख १२ हजार ७ सय ३९ खर्च भएको कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । २०७३ साउन ९ गते ठेक्का सम्झौता गरेको स्वच्छन्द–गौचन जेभीले गत कात्तिक अन्तिम साता मात्रै पुल निर्माण सम्पन्न गरेको थियो ।

आर्थिक वर्ष: