FAQs Complain Problems

सुचना :

घर बहालमा लिने सम्बन्धी सूचना

यस मालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय , दरवाङ, म्याग्दीलाई कार्यालय प्रयोजनको लागि तपशिल बमोजिमको मापदण्ड भएको घर भाडामा लिनुपर्ने भएको हुँदा मापदण्ड पुगेको घर भाडामा उपलब्ध गराउन चाहनुहुने महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफ्नो जग्गाधनी प्रमाणपूर्जा सहित यस कार्यालयमा कार्यालय समयमा उपस्थित भई निवेदन दर्ता गर्नुहुनका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

तपशिलः

  1. भवन मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजार क्षेत्रभित्र हुनुपर्नेछ ।
  2. भवन मोटरबाटोले छोएको क्षेत्रभित्र हुनुपर्नेछ ।
  3. भवन भएको स्थानमा गाडी तथा मोटरसाइकल पार्किङ स्थल भएको भवनलाई प्राथमिकता दिईनेछ।
  4. भाडामा दिन चाहेको भवनमा पानी तथा बिजुलीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
  5. भाडामा दिन चाहेको भवनमा न्यूनतम १५ कोठा भएको हुनुपर्नेछ ।
  6. शौचालय भवन भित्रै रहेको हुनुपर्नेछ । एक भन्दा बढी तले भवन भए प्रत्येक तलामा शैचालय हुनुपर्नेछ ।
  7. घरभाडा  Rent Committee को निर्णयानुसार गरिनेछ ।
  8. घरभाडा मासिक/चौमासिक/वार्षिक रुपमा घरधनीलाई उपलब्ध गराइनेछ । साथै कुल भाडा रकमको १०  ले हुन आउने रकम (घर बहाल कर) घरधनी आफैले भुक्तानी गर्नुपर्नेछ
  9. अन्य कुराहरु सम्झौतामा उल्लेख भए अनुसार हुनेछ ।

आर्थिक वर्ष: