FAQs Complain Problems

हार्दिक समवेदना

यस मालिका गा.पा. अन्तर्गत वडा नं. २ रुममा मिति २०७६ कार्तिक १५ गते शुक्रबारका दिन भएको जीप दुर्घटनामा २ जनाको मृत्यु र कैयौँ घाईते भएको तथा वडा नं. ७ बिममा मिति २०७६ कार्तिक १७ गते भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भैको र दर्जनौँ घाइते भएको घटनाले सिङ्गो मालिका गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुखद घडीमा हामी दुवै दुर्घटनामा ज्यान गुमाउने मृतकहरु प्रति हार्दिक श्रध्दान्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छौँ साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

सुचनाः पहाडी कच्ची सडकमा यस्ता प्रकारका दुर्घटनाहरुलाई न्यूनीकरण गर्दै सम्पू्र्ण मालिकाबासी तथा आम यात्रुहरुको सुरक्षाका लागि सम्बन्धित सबैलाई सचेतना अपनाउन समेत हामी अनुरोध गर्दछौँ ।

आर्थिक वर्ष: